Banner News

बालेन नेतृत्वको सरकार जान्नेलाई छान्नेको भ्रष्टिकरण हो: महासचिव पोखरेल



काठमाडौँ, २७ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकार स्वेच्छाचारिता, पक्षपात र भ्रष्टताको संस्थागत रूप भएको भन्द्र आक्रोस व्यक्त गर्नुभएको छ ।

विभिन्न प्रकारका अपराधलाई चोख्याउने प्रकारका गतिविधिहरु सरकारले गरिरहेको औंल्याउँदै उहाँले आफ्नो दोषलाई अर्काको भनि देखाउनु देशको लागि गम्भीर दुर्घटनाको संकेत गर्नुभयो । सुशासन र तिव्र विकासका लागि हिजोका कमीकमजोरी हटाउनु आवश्यक रहेको बताउँदै उहाँले त्यसलाई नै विर्साउने कूकार्य नयाँका नाममा कदापी उचित मान्न नसकिने दावी गर्नुभयो ।

उहाँले गृहमन्त्री सुधन गुरुङ तथा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई लक्षीत गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘जान्नेलाई छान्नेको भ्रष्टिकरण । ‘जान्नेलाई छान्ने’ भन्ने नाराको वास्तविकता एक पछि अर्को गर्दै देखिदैछ । देशविरुद्धका घातलाई सामान्य ठान्ने, राज्यविरुद्धको विध्वंसात्मक अपराधलाई बहादुरी ठान्ने, स्वार्थमा आधारित सेटिङलाई विधि बनाउने, अर्थविधेयक जस्तो संवेदनशील दस्तावेजमा गैरकानूनी छेडखानी गर्ने, अबैध धनका स्रोतलाई सिष्टमको कमजोरी देखाइदिने, आफ्ना मानिसलाई जुक्ति लगाएर उन्मुक्ति दिने र अरूलाई जसरी पनि दोषी देखाउन खोज्ने । यदि यही कुरालाई नै ‘जान्नेलाई छान्ने’ भनेको हो भने यो योग्यता होइन, पाखण्ड हो । स्वेच्छाचारिता, पक्षपात र भ्रष्टताको संस्थागत रूप हो। सुशासन र तिव्र विकासका लागि हिजोका कमीकमजोरी हटाउनु आवश्यक छ, तर त्यसलाई नै विर्साउने कूकार्य नयाँका नाममा कदापी उचित मान्न सकिदैन ।