राजनीति

कांग्रेसका ४ लाख ५७ हजार ३६६ जनाद्वारा क्रियाशील सदस्यता अद्यावधिक



काठमाडौँ, २८ जेठ । नेपाली कांग्रेसका चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरिसकेका छन् ।

क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल सात लाख ८२ हजार २०९ जना सदस्यमध्ये बुधबारसम्म चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरिसकेका छन् । यस्तै, एक लाख २४ हजार ७४८ जना सदस्यले अद्यावधिक फारम पेस गरी प्रक्रियामा रहेका महामन्त्री एवम् सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले बताए ।

कांग्रेसले पार्टीको आन्तरिक प्रणालीलाई प्रविधिमैत्री बनाउन र वास्तविक सदस्यको तथ्याङ्क एकीकृत गर्न यो अभियान सञ्चालन गरेको हो ।