समाचार

५०९ प्रहरी निरीक्षकको सरुवा



काठमाडौँ, २८ जेठ । नेपाल प्रहरीका प्रहरी निरीक्षकहरूको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले एकैपटक ५०९ जना प्रहरी निरीक्षकको सरुवा गरेको हो । 

असार महिनाको सेवासुविधा सरुवा भएको दरबन्दीबाट बुझ्ने गरी विभागले सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको जेठ २७ गतेको निर्णयअनुसार सरुवा गरिएको विभागले बताएको छ ।