काठमाडौँ, २९ जेठ । प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(हर्क साम्पाङ) ले संसद्माठ रक्षामन्त्रीलाई बोलाइदिन आग्रह गरेका छन् ।
आज प्रतिनिधिसभा बैठकमा राईले सुस्तामा भारतीय एसएसबीले नेपाली नागरिकलाई दुस्ख दिएको उल्लेख गर्दै रक्षामन्त्रीको जवाफ मागेका हुन् ।
चैत १३ गते प्रधानमन्त्री बनेका वालेन्द्र शाहले त्यही दिनदेखि रक्षा मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन् ।
उनले भने, ‘प्रधानमन्त्रीज्युले सीमाबारे विवादित अभिव्यक्ति दिएपछि प्लेकार्ड लिएर उभिँदै गरेको आज ११ दिन भएछ । ११औं दिनमा पनि उहाँको आउने छाँटकाँट देखिँदैन । म एउटा प्रश्न राख्न चाहन्छु – नेपाल सरकारको रक्षामन्त्री अहिले को हुनुहुन्छ ? रक्षामन्त्रीलाई बोलाइदिन तपाईंलाई आग्रह गर्छु ‘।










प्रतिक्रिया दिनुहोस्