समाचार

बस दुर्घटना हुँदा ७ जनाको मृत्यु



काठमाडौँ, २९ जेठ । बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ ।

प्रहरीका अन्सुअर दुर्घटनामा परी सात जनाको मृत्यु भएकोछ । दुर्घटनामा परी घाइते भएका १५ जनालाई उद्धार गरी अस्पताल पठाइएको छ  ।

बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा दुर्घटनामा परेको हो ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।