काठमाडौँ, ३० जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी प्रवेश गर्नेहरूले लहर नै चलिरहेको बताएका छन् ।
आज पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामी उत्साहित छौँ, स्थानीय र प्रदेश सभाको चुनावमा र सङ्घको चुनावमा सशक्त रूपमा उभिनेछौँ, आगामी सङ्घको निर्वाचनपछि देशको नेतृत्व गर्नेछ। पार्टीमा प्रवेश गर्नेहरूलाई विश्वासघात गर्दिनँ, यो पार्टी सधैँ अगाडि लाग्नेछ। यो पार्टी नै अबको विकल्प हो।’
उनले उज्यालो नेपाल पार्टी कसैसँग विलय नहुने बताए । अन्य पार्टीहरूसँग एकता गर्दा आफ्नो पार्टीको अस्तित्व ख्याल गर्ने बताए । उनले भने, ‘पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ। नयाँ र पुराना पार्टीका धेरै साथीहरू प्रवेश गर्दै हुनुहुन्छ ।’
गएको चुनावमा असफल भएपनि आफूहरूले हार नमानेको उनले बताए।










प्रतिक्रिया दिनुहोस्