राजनीति

परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन जाँदै



काठमाडौँ, ३१ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्दै छन् ।

परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्रीको चीन भ्रमणको औपचारिक जानकारी गराएको थियो ।

“परराष्ट्रमन्त्री शिशिर खनालले चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा जेठ ३१ गतदेखि असार ३ गतेसम्म चीनको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ,” परराष्ट्रले भनेको छ ।

मन्त्री खनालले बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तामा नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ पार्न र सहयोगलाई अगाडि बढाउन पारस्परिक हितका विषयमा छलफल हुने परराष्ट्रले जनाएको छ ।