राजनीति

राष्ट्रिय सभामा बैठक बस्दै



काठमाडौँ, १ असार । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ । 

बैठक सोमबार अपराह्न १:१५ बजेका लागि तय भएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकको मुख्य कार्यसूची सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि छलफल र त्यसको जवाफमा केन्द्रित हुने हुने छ । 

बैठकको पहिलो कार्यसूचीका रूपमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेटमाथि सामान्य छलफल हुनेछ । त्यसैगरी, बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि भएको छलफलको जवाफ दिने कार्यक्रमसमेत रहेको छ । बजेटमाथिको सामान्य छलफल सकिएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्‌मा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ ।