राजनीति

सेफ सन्तोष साहलाई हिरासतमा राख्न ३ दिन म्याद थप



काठमाडौँ, १ असार । सेफ सन्तोष साहलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार साहमाथि अनुसन्धान गर्न जिल्ला अदालतबाट ३ दिनका म्याद लिइएको हो । 

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साह र उनका दाजु ५८ वर्षीय नारायण साह सुडीलाई शनिबार जनकपुरको रामानन्द चोकबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो ।

दुई वटा मुद्दा मध्ये ठगी मुद्दामा अनुसन्धानको लागी प्रहरीले अदालतबाट म्याद लिएको हो । साह विरूद्ध ४ लाख ५० हजार ठगी सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता भएर पक्राउ पुर्जी जारी भएको थियो ।