काठमाडौँ, ३ असार । प्युठानमा खोलाले बगाएर दाजुभाइको मृत्यु भएको छ ।
प्रहरीका अनुसार नौबहिनी गाउँपालिका–५, काटे बस्ने यामबहादुर खत्रीका छोराहरू १० वर्षीय मिलन खत्री र सात वर्षीय बिमल खत्रीको सोही ठाउँस्थित जोगी पनेरा खोलाले बगाएर मृत्यु भएको हो ।
खोला तर्ने क्रममा उनीहरू बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय लुङबहाने र प्रहरी चौकी डामृबाट खटिएको प्रहरीले खोजी गरेका थिए । बिमलको शव मंगलबार दिउँसो र मिलनको शव आज बिहान फेला परेको हो ।










प्रतिक्रिया दिनुहोस्