समाचार

टोखामा एक पुरुष मृत अवस्थामा फेला



काठमाडौँ, ४ असार । काठमाडौँको टोखामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार टोखा नगरपालिका–८ गैरीगाउँस्थित सडक किनारमा अन्दाजी ३० वर्षीय पुरुष मृत भेटिएका हुन् । उनको हालसम्म पहिचान खुलेको छैन ।

आज मृत अवस्थामा फेला परेका ती पुरुषबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।