राजनीति

मधेस प्रदेश र १३ जिल्लामा रास्वपाको अधिवेशन गर्न बाँकी



काठमाडौँ, ७ असार । आजदेखि पहिलो अधिवेशन सुरु गर्न गइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ६ प्रदेश र ६४ जिल्लामा अधिवेशन गरेको जनाएको छ ।

महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार मधेस प्रदेश र १३ जिल्लामा भने अधिवेशन भएको छैन । महाधिवेशनको उद्घाटन सत्र सुरु हुने बेलामा बोल्दै महामन्त्री बुर्लाकोटीले अधिवेशन नभएका १३ जिल्ला र मधेस प्रदेशबाट पनि प्रतिनिधि आउने व्यवस्था गरिएको जानकारी दिए । 

त्यस्तै महामन्त्री बुर्लाकोटीले ६०९ पालिकामा पार्टीको तदर्थ समिति गठन भएर अधिवेशन सम्पन्न भएको जानकारी दिए। बाँकी प्रदेश, जिल्ला र स्थानीय तहमा अधिवेशन गर्ने तयारी भइरहेको उनले बताए ।