अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ८ असार । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १४ सय रुपैयाँ बढेको छ । छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ७०० रुपैयाँ पुगेको छ । आइतबार दुई लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला चार हजार ७३० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चार हजार ६९० रुपैयाँमा कारोबार भएको थियो ।