राजनीति

आरजुलगायतमाथि छुट्टै अनुसन्धान गर्ने निर्णय 



काठमाडौँ, ९ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालगायतमाथि पासपोर्ट छपाइसम्बन्धी ठेक्कामा अलग्गै अनुसन्धान हुने जनाएको छ ।

नयाँ ठेक्का प्रक्रिया गर्दा भ्रष्टाचारजन्य कार्य गरे–गराएको हुन सक्ने देखिएको भन्दै अनुसन्धानका क्रममा उनलाई म्याद तामेल गरिएको थियो । उनीसहित त्यसमा संलग्न केही कर्मचारीहरूसमेतका हकमा थप अनुसन्धान गर्नुपर्ने र मिसिल खडा गर्नुपर्ने देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । 

फरक विषय, वारदात, प्रतिवादी र प्रकृति भएमा छुट्टै अनुसन्धान अभियोजन गर्ने भन्ने विशेष अदालतको फैसलाको नजिर उल्लेख गर्दै अख्तियारले तत्कालीन परराष्ट्रमन्त्री आरजुबारे अलग अनुसन्धान हुने भनेको हो ।