शैक्षिक

लन्डनमा नेपाली विद्यार्थीको मृत्यु



लन्डन, १० असार । लन्डनको ह्यारोमा बस्दै आएका २२ वर्षीय नेपाली विद्यार्थी कौशल कुमार ठाकुरको आफ्नै कोठामा शंकास्पद अवस्थामा शव फेला परेको छ ।

परिवारका अनुसार, कौशल विगत केही समयदेखि गम्भीर मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेका थिए र सोही कारणले उनले आत्महत्या गरेको आशंका गरिएको छ। १८ जुन बिहीबार मृत भेटिएका कौशलको अकल्पनीय निधनले बेलायतस्थित नेपाली समुदायलाई स्तब्ध तुल्याएको छ । महोत्तरी (पिपरा–०७, बनौली) स्थायी घर  ठाकुर  युनिभर्सिटी अफ इस्ट लन्डनमा साइबर सेक्युरिटी विषयमा अन्तिम वर्षमा अध्ययनरत थिए ।

बेलायतमा पटक पटक दोहोरिरहने यस्ता  घटनाले यहाँ अध्ययनरत विद्यार्थीहरूको मानसिक स्वास्थ्य र उनीहरूले भोग्नुपरेका चुनौतीहरूमाथि पनि प्रश्न उठाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताइएको छ।