समाचार

मोटरसाइकलसहित २ जना पक्राउ



काठमाडौँ, १० असार । रौतहटको गरुडा नगरपालिका–४ स्थित २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको ३० मिनेट भित्रै प्रहरीले मोटरसाइकलसहित  दुई जना चोरलाई पक्राउ गर्न सफल भएको छ ।

पक्राउ पर्नेमा  गढीमाई नगरपालिका ६ बस्ने वर्ष २० काअनिल कुमार साह र सोही ठाउँका वर्ष २० का राम नारायण यादव रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यले बताएका छन् ।

मंगलबार बेलुकी साढे ६ बजे गरुडा नगरपालिका ४ स्थित घर अगाडी पार्किङ्ग गरि राखेको बा.प्र.०२-०४१ प ३८४९ नम्बरको २२० सिसी को पल्सर मोटरसाइकल चोरी भएको थियो।

चोरी भएको खबर प्राप्त हुनसाथ  गढीमाई नगरपालिका ६ स्थित प्रहरी चौकी धर्मपुरबाट खटिएको  टोलीले धरमपुर गाउँबाट निस्किने एकमात्र पुलको निगरानी गर्दै तत्कालै चेकजाँच गर्दा ७  बजे चोरीको उक्त मोटरसाइकलसहित आरोपी दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवै जना आरोपी इलाका प्रहरी कार्यालय गरुडाका नियन्त्रणमा रहेको छ ।