काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको सांगली महाराष्ट्र तासगाव तालुका झारखण्ड घर भई हाल काठमाडौँ महानगरपालिका–२५ ठहिटी बस्ने ३३ वर्षीय अमितइरगोन्डा घाली रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
उनको साथबाट नेपाली सात लाख ३० हजार रुपैयाँ, अमेरिकी डलर ३४ हजार ५००, ७५ ग्रामसुन, दुई किलो चाँदी बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका घालीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाइएको प्रवक्ता कार्कीले बताए ।










प्रतिक्रिया दिनुहोस्