काठमाडौँ, १२ असार । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालारसँग भेटवार्ता गरेका छन् ।
आज विराटनगरस्थित कोइराला निवासमा तीन नेताबीच भेटवार्ता भएको कोइरालाको निजी सचिवालयले जनाएको छ ।
उनीहरूबीच देशको समसामयिक राजनीतिक विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्