काठमाडौँ, १३ असार । नेपाल प्रहरीले १० वर्ष कैद सजाय भुक्तान गरेर निस्किएका व्यक्तिलाई पुनःलागुऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ४२ वर्षीय विष्णु धामी, ३६ वर्षीय रुद्रबहादुर सुवेदी र ४८ वर्षीय विजयराज धामी रहेका छन् । प्रहरीले उनीहरूलाई २७१ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो ।
ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार भारतबाट लागुऔषध ल्याई सुनसरी, धनकुटा, इलाम, भोजपुरलगायतका स्थानमा बिक्री वितरण गर्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका धामी यसअघि कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरी जेलबाट छुटेका व्यक्ति रहेको प्रवक्ता रेग्मीले बताए ।










प्रतिक्रिया दिनुहोस्