समाचार

बाढीमा फसेका युवकको सकुशल उद्धार



काठमाडौँ, १४ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ डिङ्गारनगरस्थित तिनाउ खोलामा बाढीले बगाएका एक जनाको सकुशल उद्धार गरिएको छ ।

आज बिहान करिब ८:३० बजे बाढी आएको बेला खोलाले बगाएका दाउरा निकाल्न गएका गुल्मी मालिका गाउँपालिका ३ पैयुखर्क घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका १७ रानीगञ्ज बस्ने ३१ वर्षीय गोरखबहादुर विक बाढीमा फसेका थिए ।

इलाका प्रहरी कार्यालय बुटवल र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बुटवलको संयुक्त टोलीले उनलाई सकुशल उद्धार गरेको हो ।