अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १७ असार । आज सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन सय ६ रुपैयाँले घटेर प्रतितोला २ लाख ७७ हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर ३ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।