काठमाडौँ, १९ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले आफनो सय दिनमा जनताले महसुस हुनेगरी काम गर्न नसकेको बताएका छन् ।
दार्चुलाको दुर्गम गाउँमा झोलुंगे पुल उद्घाटन गरी आज काठमाडौँ फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ उक्त प्रतिक्रिया दिएका हुन् ।
उनले सरकारले केही गर्ने कोसिस गरे पनि जनताले महसुस हुनेगरी परिणाम दिन नसकेको दाबी गरे । उनले महंगी धेरै बढेकाले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको पनि स्मरण गराए । सरकारले सय दिनमा गरेका कामहरूको जनताले महसुस गरेजस्तो आफ्नो अनुभूति नरहेको उनको भनाइ छ ।
उनले भने, “कोसिस उहाँहरूले गर्नुभएको हो । तर रिजल्ट चाहिँ जनतालाई त्यति महसुस भएको छैन । रिजल्ट भएको महसुस हुुनुपर्दछ । महंगीहरू धेरै भयो । अब महंगी नियन्त्रण गर्नुपर्दछ भन्ने हाम्रो सल्लाह सुझाव रहेको थियो,” ।










प्रतिक्रिया दिनुहोस्