काठमाडौँ, २२ असार । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार एक्लै अघि बढ्न खोजेको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा उनले राष्ट्रिय महत्त्वका विषयमा साझा धारणा नबनाइएको भन्दै असन्तुष्टि जनाएका हुन् । खुट्टा सुल्टो, जुत्ता उल्टो लगाएर गन्तव्यमा नपुगिने उल्लेख गर्दै उनले प्रधानमन्त्रीले जुत्ता उल्टो लगाउन खोजेको टिप्पणी गरे ।
उनले भने, “सुल्टो बाटो हिड्नुपर्छ । छिटो हिँडेर मात्रै गन्तव्यमा पुगिँदैन, हिँड्ने बाटो सही हुनुपर्छ । प्रधानमन्त्रीजी लोकतान्त्रिक संविधानको बाटोबाट आउनुभयो, तर मस्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नुभएको भान मलाई भइरहेको छ ।”










प्रतिक्रिया दिनुहोस्