राजनीति

६ सचिवको सरुवा



काठमाडौँ, ३२ असार । सरकारले ६ सचिवको सरुवा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ६ सचिवको सरुवा गरेको हो । सरुवा गरिएका सचिवहरूको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेब पोटलमा परिवर्तन गरिएको छ । 

बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई  महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको छ । 

राउतको स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा कार्यरत सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई ल्याइएको छ ।