Banner News

कांग्रेसद्वारा ‘मानव सहायता कल्याण कोष’ स्थापना



काठमाडौँ, ६ साउन । नेपाली कांग्रेसले पार्टी सदस्यबाट संकलित सदस्यता शुल्कको केही हिस्सा उपयोग गर्दै ‘मानव सहायता कल्याण कोष’ स्थापना गरेको छ ।

बीपी कोइरालाको स्मृति दिवसको अवसरमा बुधबार आयोजित ‘ग्रिन रन’ कार्यक्रममा कांग्रेसका सभापति गगन थापाले कोष स्थापनाको जानकारी दिएका हुन् । उनका अनुसार कोषयमा सुरुआतमै १० लाख रुपैयाँ जम्मा भएको छ । उक्त रकम हाल विस्थापित भएका सुकुमवासी परिवार, विशेषगरी एकल महिला र उनीहरूका बालबालिकाको शिक्षामा सहयोग गर्न खर्च गरिने सभापति थापाले जानकारी दिए ।

थापाले ‘ग्रिन रन’ कार्यक्रम जलवायु परिवर्तनबारे जनचेतना फैलाउन मात्र नभई सामाजिक उत्तरदायित्वको ठोस सुरुआत गर्ने उद्देश्यले आयोजना गरिएको बताए । जलवायु परिवर्तनलाई नेपालको विकासको प्रमुख एजेन्डा बनाउन कांग्रेसले नीति र कार्यक्रममार्फत अघि बढाउने उनले बताए ।