काठमाडौँ, १० साउन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकारहरुमा एमाले र नेकपाबीच जुटेको सत्ता सहकार्यबारे कुनै नकारात्मक टिप्पणी नरहेको बताएका छन् ।
विगतका गलत प्रवृत्ति सच्याउन कांग्रेस प्रतिपक्षमा बस्न तयार भएको उनले दावी गरे । प्रदेशहरुमा प्रतिपक्षविहीन स्थिति ल्याउनेगरी राखिएको प्रस्ताव कांग्रेसले अस्वीकार गरेको उनले बताए ।
उनले भने ‘सत्ता, सत्ता र सत्ता । जसरी पनि सत्ता । जे-जस्तै सम्झौता गरेर पनि सत्ता । हाम्रो राजनीतिमा केही समय यता नराम्रोसँग विकसित गलत प्रवृत्तिका विरुद्ध नेपाली कांग्रेस फरक सन्देशका साथ उभिन पुगेको छ । सतप्रतिशत गल्ती गर्न हामी एक प्रतिशत पनि सहमत भएनौं ।’
संविधान संशोधन लगायतका प्रश्नमा एमाले र नेकपासँग आवश्यक सहकार्य गर्न कांग्रेस तयार रहेको पनि शर्माले बताए ।










प्रतिक्रिया दिनुहोस्