काठमाडौँ, १२ साउन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सुनसरीको देवानगञ्ज गाउँपालिकामा उत्पन्न तनावग्रस्त परिस्थितिका क्रममा राज्य पक्षबाट भएको अत्यधिक बल प्रयोगका कारण स्थानीय युवा ओमप्रकाश मेहताको गोली लागेर मृत्यु भएको तथा अन्य नागरिकहरू गम्भीर घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका महासचिव शंकर पोखरेलद्वारा मंगलबार जारी प्रेस वक्तव्यमा नागरिकको जिउधनको सुरक्षा र शान्ति–सुरक्षा कायम गर्ने जिम्मेवारी बोकेको सरकार तथा स्थानीय प्रशासन संवेदनशील विषयमा गैरजिम्मेवार, उदासीन र दिशाहीन देखिएको भन्दै आलोचना गरिएको छ । वक्तव्यमा विवाद समाधानका लागि समयमै संवाद र समन्वयको पहल गर्नुको सट्टा अनावश्यक बल प्रयोग र त्रासको वातावरण सिर्जना गरिएकाले परिस्थिति थप उत्तेजित बनेको उल्लेख गरिएको छ ।











प्रतिक्रिया दिनुहोस्