काठमाडौँ, १३ साउन । नेकपा एमालेकी सांसद पद्मा अर्यालले शहरी क्षेत्रमा निष्पक्ष निर्वाचन भए पनि ग्रामीण क्षेत्रमा समस्या रहेको बताएकी छ्न् ।
आज सुनुवाइ समितिमा उनले भनिन, ‘ग्रामीण क्षेत्रमा सबैतिर साच्चै निर्वाचन निस्पक्ष हुन सकेको छैन,’ ‘यसमा सुधार गर्न लाइभ सीसीटीभी राखियो भने हुन्छ कि ! नत्र पीडितको कुरा सुनिदैन ।’
सुनुवाइ समितिमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको सुनुवाइ जारी छ । कार्कीको सुनुवाइको क्रममा एमाले संसदीय दलका उपनेता समेत रहेकी अर्यालले मतदान केन्द्रमा सीसी क्यामेरा राख्ने सुझाव राखेकी हुन् ।










प्रतिक्रिया दिनुहोस्