राजनीति

रवि लामिछानेले गरे धार्मिक गुरुहरूसँग छलफल



काठमाडौँ, १५ साउन । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्‌भाव कायम राख्न धार्मिक अगुवासँग छलफल गरेका छन् ।

लामिछानेले आज पार्टी संसदीय दल कार्यालय सिंहदरबारमा मौलाना (धर्मगुरु) नरुल हुसेन, मोहम्मद खालिद, विश्व हिन्दु महासङ्घका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग सामूहिक छलफल गरिरहेका छन् ।

रविले दुवै अगुवालाई सुनसरी, सिराहा लगायत देशका विभिन्न भागमा प्रदर्शन रोक्न सद्‌भावको अपिल गर्न आग्रह गरेका हुन् ।