काठमाडौँ, १५ साउन । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सुनसरीको देवानगञ्ज लगायत पूर्वी तराई–मधेसका केही क्षेत्रमा भएका हिंसात्मक घटनाक्रमप्रति दुःख व्यक्त गरेका छन् ।
आज सभाको बैठकमा सम्बोधन गर्दै अध्यक्ष दाहालले घटनामा भएको मानवीय क्षति, सुरक्षाकर्मी र नागरिकको घाइते अवस्था तथा उत्पन्न सामाजिक तनावले सबैलाई चिन्तित बनाएको बताए ।
अध्यक्ष दाहालले राष्ट्रिय सभाका तर्फबाट घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए ।
नेपालको संविधानले बहुजातीय, बहुभाषिक र बहुधार्मिक विविधतालाई आत्मसात् गरेको स्मरण गराउँदै अध्यक्ष दाहालले भने, ‘सामाजिक सद्भाव र सहिष्णुतालाई कमजोर पार्ने कुनै पनि प्रकारका हिंसा, घृणा र साम्प्रदायिक विभेदका प्रयासहरू राष्ट्रिय सभालाई किमार्थ स्वीकार्य छैनन्।’
राष्ट्रियसभाको बैठक साउन १८ गते सम्मका लागि स्थगित भएको छ । अध्यक्ष दाहालले बैठक साउन १८ गते सोमबार दिउँसो सवा १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।










प्रतिक्रिया दिनुहोस्