अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १९ कार्तिक । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १३ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २६५ रुपैयाँले बढेर ३ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।