काठमाडौँ, १९ कार्तिक । बैतडीको मेलौली नगरपालिका १ जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार गए राति डडेल्धुराबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०/३५ मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा चालकसहित ७ जना सवार रहेकोमा घाइतेहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलौली पठाइएको थियो ।
उपचारका क्रममा राति ८:३५ बजे जिल्ला बैतडी, पञ्चेश्वर गाउँपालिका–२ बस्ने वर्ष ३५ की सुना मंगोलाको मृत्यु भएको छ ।
घाइतेहरूको विवरणः
१. जिल्ला बैतडी, पञ्चेश्वर गाउँपालिका–२ बस्ने वर्ष २२ की सोमनी मंगोला — भित्री चोट, अवस्था मध्यम ।
२. सोही स्थान बस्ने वर्ष ११ का अविनास राम लुहार ( खुट्टामा चोट, अवस्था मध्यम) ।
३. सोही स्थान बस्ने वर्ष १६ का निरज बस्केल ( टाउको र ढाडमा चोट, अवस्था मध्यम) ।
४. सोही स्थान बस्ने वर्ष २४ का करन सिंह मंगोला ( सामान्य चोट, अवस्था सामान्य) ।
५. सोही स्थान बस्ने वर्ष २२ का सुनिल बस्केल ( टाउको र दायाँ खुट्टामा चोट, अवस्था सामान्य) ।
६. सोही स्थान बस्ने जिप चालक वर्ष ३६ का सन्तोष राम लुहार ( टाउकोमा चोट, अवस्था मध्यम) ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्