समाचार

सामाजिक सद्‌भाव खलबल्याएको आरोपमा चारजना पक्राउ



काठमाडौँ, १६ साउन । सामाजिक सद्‌भाव खलबल्याएको आरोपमा पर्साबाट चारजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–११, रानीघाटबाट उनीहरूले नगरक्षेत्रमा टायर बालेर सामाजिक सद्‌भाव बिथोल्ने प्रयास गरेका थिए ।

प्रहरीले साम्प्रदायिक सद्‌भाव बिग्रने गतिविधिमा संलग्न नहुन सम्बद्ध सबैमा आग्रह गरेको छ । त्यसो गरेमा कडा कारबाही हुने चेतावनी पनि दिएको छ ।

उक्त कार्यालयले बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार बालबालिकालाई हडताल, बन्द, धर्ना वा जुलुसमा प्रयोग गर्न नपाइने कानुनी व्यवस्थाको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ ।