काठमाडौँ, १७ साउन । आज बजारमा कागतीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार कागतीको भाउ घटेको देखाएको हो ।
आज आइतबार कागतीको भाउ थोकमा प्रतिकिलो २२ रुपैयाँ घटेको छ । शनिबार कागती किलोको १ सय ८० रुपैयाँमा किनबेच भएको थियो । आज भने कागतीको भाउ प्रतिकिलो १ सय ५८ रुपैयाँ कायम छ ।
गत वर्ष साउन पहिलो साता भने कागती प्रतिकिलो १ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।










प्रतिक्रिया दिनुहोस्