काठमाडौँ, १९ साउन । विभिन्न मुद्दाका छ जना फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार चोरीसम्बन्धी कसुरमा तीन जना, चेक अनादर, बैंकिङ कसुर र अभद्र व्यवहारमा एक–एक जनालाई नियन्त्रणमा लिइ कैद सजाय तथा जरिवाना असुलका लागि अदालतमा पेस गरिएको कार्यालयका हो ।
पक्राउ परेका प्रतिवादीबाट १३ लाख सात हजार ७ सय २० रुपैयाँ जरिवाना रकम असुलउपर हुने भएको छ । कास्की प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादी नियन्त्रणमा तीव्रता दिँदै आएको छ । गत महिना ६६ जना प्रतिवादी पक्राउ परेका थिए ।










प्रतिक्रिया दिनुहोस्