काठमाडौँ, २० साउन । सर्लाहीको पर्सा गाउँपालिका-६ स्थित सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको १३ लाख रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल बिओपी संग्रामपुरबाट खटिएको गस्ती टोलीले मंगलबार दिउँसो चेकजाँचका क्रममा पर्सा गाउँपालिका–६ का २३ वर्षीय असपाक साह र महोत्तरीको श्रीपुर नगरपालिका–४ का ४६ वर्षीय साजन मुखियालाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट १३ लाख रुपैयाँ नगद र दुई थान मोबाइल बरामद भएको छ । पक्राउ परेका दुवैलाई बरामद रकम सहित आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय सर्लाहीमा बुझाइएको छ । रकमको स्रोतबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्