काठमाडौँ, २२ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार र रास्वपाका सांसदहरुबाट शासकीय अराजकता देखिएको टिप्पणी गरेका छन् ।
आज कांग्रेसको भ्रातृ संस्था लोकतान्त्रिक आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय संम्मेलनमा बोल्ने क्रममा सभापति थापाले सरकारलाई बहुमतको अहंकार भएको बताए । सरकारका मन्त्री र सांसदहरुले थर्काउने कार्य गरेको भन्दै सभापति थापाले आपत्ति जनाए ।
सरकारले संविधान संशोधन जस्तो विषयलाई हल्का रुपमा लिएको बताए । सभापति थापाले भने,‘सरकारले संविधान चलाउन चाहेको छ । संविधानप्रति सरकारको बुझाईले देशलाई द्धन्द्धमा लिएर जानसक्छ ।’ सरकारका गलत क्रियाकलापको विरुद्धमा कांग्रेसले खबरदारी गरिहने थापाले बताए । उनले भने,‘प्रतिपक्षको भूमिकामा पनि हामी अरु जस्तो होइन ।’










प्रतिक्रिया दिनुहोस्