काठमाडौँ, २३ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सही समय आउन केही समय लाग्ने उल्लेख गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सही समय आउनलाई केही समय लाग्ने उल्लेख गरे । वास्तविकता सुनेको र देखेकोभन्दा फरक हुन सक्ने भन्दै प्रधानमन्त्री शाहले नआत्तिन आग्रह गरे
उनले लेखेका छन्, ‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस् । सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ । कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन ।’










प्रतिक्रिया दिनुहोस्