काठमाडौँ, २३ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डुमा ढलेका नेता थपलियाको स्वास्थ्य अवस्थाबारे शुक्रबार वीर अस्पताल पुगेर भण्डारीले नेता थपलियाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।
साउन १९ गते मध्यराति गुण्डुमा भएको छलफलमा ढलेका थपलिया २० गतेदेखि वीर अस्पतालमा उपचाररत छन् । उनको स्वास्थ्य कमजोर रहेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्