राजनीति

प्रतिनिधिसभामा चार नयाँ विधेयक प्रस्तुत गरिने



काठमाडौँ, २४ साउन । सङ्घीय संसद् प्रतिनिधि सभाको भोली बस्ने बैठकमा चार विधेयक प्रस्तुत हुने भएका छन् । दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर हुने कार्यक्रम पनि सङ्घीय संसद् सचिवालयले सम्भावित कार्यसूचीमा राखेको छ । 

 दिउँसो १ बजे बस्ने बैठकमा सुरुमा मन्त्रालयगत प्रश्नोत्तरको कार्यक्रम रहने संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची तय गरिएको सूचनामा उल्लेख छ । 

बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने र सो विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची छ ।