काठमाडौँ, २५ साउन । आज नेप्से ०.५५ अंक बढेको छ । अघिल्लो दिन जम्मा ०.७९ अंक बढेकोमा आज पनि झिनो वृद्धिपछि २६४२ अंकमा कायम भएको छ ।
आज सेयर बजारमा १०२ कम्पनीको मूल्य बढेको छ भने १६५ को घटेको छ । त्यस्तै ९ कम्पनीको मूल्य स्थिर रह्यो । धेरैजसो कम्पनीको मूल्य घटे पनि समग्र बजार परिसूचक नेप्से धनात्मक भएको छ । कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ४ अर्ब ११ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५३ करोडको भयो ।
लगानी समूह आज सबैभन्दा धेरै २.२१ प्रतिशत बढ्यो । बैंकिङ ०.०५, फाइनान्स ०.२४ र होटल तथा पर्यटन ०.८५ प्रतिशत बढे । विकास बैंक ०.२२, जलविद्युत् ०.४०, जीवन बीमा ०.१५, उत्पादन तथा प्रशोधन ०.७०, माइक्रोफाइनान्स ०.०५, निर्जीवन बीमा ०.०५, अन्य ०.१० तथा व्यापार ०.२१ प्रतिशत घटे ।
समूहगत कारोबार हेर्दा हाइड्रोपावर समूहको सबैभन्दा धेरै १ अर्ब ५५ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ३६ करोड, उत्पादन तथा प्रशोधन २८ करोड, लगानी ४२ करोठ रुपैयाँ बराबरको कारोबार भयो ।










प्रतिक्रिया दिनुहोस्