काठमाडौँ, २८ साउन । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किंदैछन् ।
झन्डै ६ महिनापछि उनी स्वदेश फर्किन लागेका हुन् । कांग्रेस नेता डा. प्रकाशशरण महतकाअनुसार पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवा बिहीबार मध्याह्न साढे १२ बजे काठमाडौं अवतरण हुने छन् । उनी थाई एयरबाट स्वदेश फर्किन लागेका हुन् ।
कांग्रेसको संस्थापनइतर समूहले पूर्वसभापति देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्ने तयारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्न लागिएको हो ।










प्रतिक्रिया दिनुहोस्