काठमाडौँ, २९ साउन । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ ।
प्रहरीका अनुसार चट्याङ लागेर लुङ्ग्री गाउँपालिका–१ खदरका ५९ वर्षीय वीरबहादुर खत्रीको मृत्यु भएको हो ।
गएराति खत्री आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लागेर घाइते भएका थिए । उनको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको हो ।










प्रतिक्रिया दिनुहोस्