समाचार

१३ जना फरार प्रतिवादी पक्राउ



काठमाडौँ, ३१ साउन । रौतहट प्रहरीले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका १३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका करिब डेढ लाख रुपैयाँ बराबरका अवैध सामानसमेत बरामद गरेको छ ।

फैसला कार्यान्वयनअन्तर्गत जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानबाट फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चोरी तथा डाँका, चेक अनादर तथा कुटपिट, गाली बेइज्जतीलगायत मुद्दामा अदालतबाट फैसला भएका व्यक्तिहरू छन्।

पक्राउ परेकामध्ये एक जनालाई चोरी तथा डाँका मुद्दामा ४ महिना १९ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । अन्य प्रतिवादीहरूलाई चेक अनादर तथा कुटपिट, गाली बेइज्जती मुद्दामा विभिन्न रकम जरिवाना तोकिएको थियो ।