समाचार

हवाइफायर गरेर अफिमका कारोबारी पक्राउ



काठमाडौँ, २ भदौ  । प्रहरीले बाँकेको कोहलपुरबाट १३ किलो ६४ ग्राम अफिम र १४८ ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र सुर्खेतस्थित संयुक्त टोलीले विशेष सूचनाका आधारमा कोहलपुर नगरपालिका–६ बाट उनीहरूलाई पक्राउ गरिएको हो ।

रुकुमपूर्वका कर्णबहादुर बुढा र रुकुमपश्चिमका टोपजङ्ग भन्ने टाइपसिंह गिरीलाई लागुऔषधसहित पक्राउ गरिएको हो । उनीहरुसँग एक थान डिजिटल तराजु, नगद पाँच हजार रुपैयाँसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुलाई पक्राउ गर्न एक राउण्ड हवाइफायरसमेत गरिएको थियो ।