राजनीति

नागरिक बिचल्लीमा परे, लौन सरकार हारगुहार सुनिदिनुपर्‍यो: सांसद न्यौपाने



काठमाडौँ, २ भदौ । रास्वपा सांसद रञ्जु दर्शना (न्यौपाने)ले स्वास्थ्य बिमा रोकिँदा नागरिकहरू बिचल्लीमा परेको भन्दै जसरी हुन्छ सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद न्यौपानेले आफ्नो निर्वाचन क्षेत्र काठमाडौँको थापाथलीमा फोहोर प्रशोधन केन्द्र बन्न लागेको बारे पनि चासो देखाइन् । त्यस्तै उनले स्वास्थ्य बिमा के गरेर हो, कसो गरेर सञ्चालनमा ल्याइदिन पनि माग गरिन् । सांसदले राष्ट्र बैकमा सुन राखेर ऋण लिएकाहरूले गत भदौ २४ को घटनामा सुन पनि लुटिएपछि न सुन पाएको न त्यो सुनको पैसा पाएको भन्दै उनीहरूको हारगुहार सुनिदिन आग्रह गरिन् ।

उनले भनिन्, ‘के बन्न लागेको छ टाँसिएको छैन, तर बन्न लागेको जरुर छ । त्यहाँ फोहोर प्रशोधन केन्द्र बन्न हुँदैन भनेर स्थानीयले विरोध गरिरहेका छन् । आमा र बच्चाको स्वास्थ्यका लागि संवेदनशील बन्न आवश्यक छ । स्वास्थ्य बिमा के गरेर हो, कसो गरेर हो सञ्चालनमा ल्याइदिनुपर्‍यो ।’