काठमाडौँ, २ भदौ । रास्वपा सांसद मोहनलाल आचार्यले वैकल्पिक व्यवस्थाका निम्ति विद्युत्को पाँच प्रतिशत भ्याटमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा उनले मन्त्रीले ग्यासको अभाव नरहेको बताए पनि बजार ग्यास अभाव रहेको उनको भनाइ छ । सम्बन्धित निकायलाई जिम्मेवार बनाउन, ग्यास लुकाएको भए छानबिन गर्नुपर्ने उनको धारणा छ ।
“त्यसको वैकल्पिक व्यवस्थाका निम्ति विद्युत्मा पाँच प्रतिशत भ्याट लगाउने विषय छ । त्यसमा पुनर्विचार गर्न अनुरोध गर्छु,” उनले भने ।










प्रतिक्रिया दिनुहोस्