काठमाडौँ, ३ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा सार्वजनिक गर्नुभएको छ ।
‘स्ट्रेट अफ हर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा सार्वजनिक गर्दै ट्रम्पले रणनीतिक रूपमा जलमार्गमाथि अमेरिकी नियन्त्रणको सङ्केत दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
ट्रम्पले आफ्नो ट्रुथ सोसलमार्फत नक्सा सार्वजनिक गर्नुभएको हो । ‘स्ट्रेट अफ हर्मुज’ विश्वको महत्वपूर्ण ऊर्जा मार्गमध्ये एक हो । विश्वको तेल तथा ग्यास आपूर्तिका लागि यो जलमार्ग अत्यन्त महत्वपूर्ण मानिन्छ ।
इरानले फेब्रुअरीको अन्त्यमा अमेरिकासँग युद्ध सुरु भएपछि ‘स्ट्रेट अफ हर्मुज’मा पानीजहाजको आवागमन रोकेको छ । अमेरिकाले इजरायलसँग मिलेर इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि तेहरानले जलमार्ग बन्द गरेको हो ।
ट्रम्पले गएकाे शुक्रबार पहिलोपटक ‘स्ट्रेट अफ हर्मुज’माथि अमेरिकी नियन्त्रणको सम्भावना उल्लेख गर्नुभएको थियो । उहाँले इरानलाई पराजित गरेपछि उक्त जलमार्गलाई अमेरिकी क्षेत्र घोषणा गर्ने बताउनुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्