काठमाडौँ, ३ भदौ । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये एकजनाको शव फेलापरेको छ ।
निर्मल माविबाट पढेर फर्किने क्रमममा मंगलबार अपराह्न चार बालिकालाई सो खोलाले बगाएको थियो । उनीहरूमध्ये एकजनाको सकुशल उद्धार गरिएको थियो भने एकजना मृत फेला परेकी थिइन् । दुईजना बेपत्ता थिए ।
बेपत्ता भएकाहरूको आज बिहानैबाट खोजीका क्रममा बिनिता भ्लोन खोलामा मृत फेला परेकी हुन् ।
कक्षा ५ मा अध्ययनरत सुमित्रा भ्लोन बेपत्ता छिन् । उनको खोजी जारी छ । खोलाले बगाएका चार विद्यार्थीमध्ये मंगलबार राक्सिराङ–१ की रेश्मा स्याङ्तान (कक्षा २) मृत फेला परेकी थिइन् भने सीमा भ्लोन (कक्षा ६) लाई घाइते अवस्थामा उद्धार गरिएको थियो । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्