काठमाडौँ, ३ भदौ । कपिलवस्तुको वाणगंगा नगरपालिका–९ जिनुवास्थित कालिका सामुदायिक वनमा बेवारिसे अवस्थामा ५ नाल भरुवा बन्दुक फेला परेको छ ।
प्रहरीका अनुसार फेला परेका बन्दुकमध्ये ३ नाल साबुत अवस्थामा रहेका छन् भने २ नाल बेसाबुत अवस्थामा रहेको पाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्